योजनाहरु

श्री सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्र
तथा 
श्री सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम
इ.न.पा.–१ इलाम को रणनीतिक योजना — २०६७
 
पृष्ठभूमिः
विश्व ब्रह्माण्डमा सृष्टि भएका यावत् जीव पदार्थहरुमध्ये मानव यस्तो प्रभावशाली, महत्वपूर्ण तथा सर्वश्रेष्ठ प्राणी हो जसको क्रियाकलापले विश्व ब्रह्माण्डमा नै प्रत्यक्ष प्रभाव परी अनुकूल वा प्रतिकूल परिणाम भोग्नु परेको इतिहास साक्षी छ । मानव जातिको क्रियाकलाप उसको विचारमा निर्भर रहन्छ भने उसको विचार घर, परिवार, समाज, राष्ट्र, अन्तर्राष्ट्रिय वातावरण र उसले आर्जन गरेको शिक्षा  संस्कारमा निर्भर रहन्छ । मानव इतर प्राणी वा पदार्थ सवै भोग योनी हुन भने मानव मात्र योग तथा कर्म योनी दुवै हो । उसमा यस्तो एक विशिष्ट शक्ति वा तत्व छ जसको  कारणले ऊ स्वयं सुसंस्कृत भई सुख शान्ति प्राप्त गर्दछ भने अरुलाई पनि सुसंस्कृत गराई सुख शान्ति प्रदान गर्न सक्दछ । यो ज्यादै विचारणीय र महत्वपूर्ण कुरा हो । यी नै कुरालाई दृष्टिगत गरी अनादि कालदेखि श्रुति परम्परावाट चलीआएको ज्ञान राशी, सद्विचार, संस्कार तथा संस्कृतिलाई हाम्रा पूर्वज तपस्वी मन्त्र द्रष्टा ऋषि महर्षिहरुले विश्वकल्याणको लागि मावजातिलाई मार्ग दर्शन गर्न आफूलाई अनुभूति र दर्शन भएका सद्विचार ज्ञानको संकलन गरी लिपिवद्धरुपमा विश्वकै प्राचीनतम ग्रन्थ वेद, वेदाङ्ग, उपनिषद, दर्शन, पुराण, योग, धर्मशास्त्र आयुर्वेद जस्ता अमूल्य निधि हामी समक्ष धरोहरको रुपमा छोड्नु भएको छ । वेद विश्वकै संपूर्ण शास्त्र तथा ज्ञानको मूल स्रोत हो । यो अनादि, अनन्त तथा अपौरुषेय ग्रन्थ हो । यसैवाट सम्पूर्ण ज्ञान विज्ञान निसृत छ । संस्कृत वाङमय र्वक्षको यो फेद हो र अरु हा“गाविगा हुन् । यी ग्रन्थहरु लिपिवद्ध भएको समयलाई वैदिक युगको उत्कर्ष तथा मानव सभ्यताको स्वर्णिम युग मानिन्छ ।  यी सवै ग्रन्थहरु संस्कृत भाषामा लिपिवद्ध छन् र संस्कृत वाङमय अन्गरगत पर्दछन् । यी ग्रन्थहरुको अध्ययन अनुशीलनबाट विश्व ब्रम्हाण्डमा रहेका सबै विषयहरुको सूक्ष्म ज्ञान प्रँप्त हुन सक्दछ जुन ज्ञानवाट सभ्य तथा सुसंस्कृत समाजको निर्माणमा ठूलो योगदान पुग्न सक्दछ । अनादिकालदेखि चली मानिआएका धर्म, संस्कार, संस्कृति र कर्म पद्धतिहरु यीनै ग्रन्थहरुमा आधारित छन् । संस्कृत वाङ्मय अन्तरगतको शिक्षा मानिसको आत्मिक तथा शारिरीक उन्नतिका लागि ज्यादै उपयोगी छ । हाम्रा श्रद्धेय ऋषि महर्षिहरुले मानव जातिको समुचित शिक्षाका लागि परिस्कृत शिक्षा पद्धतिको व्यवस्था गरेको छ । जसलाई गुरुकुल शिक्षा पद्धति भनिन्छ । सुसंस्कृत समाजका लागि यो एक आदर्श शिक्षा पद्धति हो । आधुनिक शिक्षाको प्रवेश तथा प्रभाव हुनु भन्दा अगाडि यसैको आधारमा शिक्षा दिने चलन थियो । संस्कृत वाङ्मयको शिक्षा र यसको संरक्षण संवद्र्धनको लागि हाल नेपाल अधिराज्यमा औपचारिकरुपमा पठनपाठन गर्ने एक संस्कृत विश्व विद्यालय, केही महाविद्यालय, विद्यालयहरु र अनौपचारिकरुपमा गुरुकुल शिक्षाको आधारमा पठन–पाठन भइरहेका करिब ७५ वटा गुरुकुल शिक्षालयहरु वडो दुःखका साथ चलिरहेका छन् । 
इलाम जिल्लाको संस्कृत शिक्षा तर्फको शैक्षिक पृष्ठभूमि हेर्ने हो भने आधुनिक शिक्षाको प्रवेश हुनुभन्दा अगाडिदेखि हालसम्म संस्थागत रुपमा संचालन भएको संस्कृत विद्यालय पाइदैन । प्राचीन समयदेखिनै संस्कृत शिक्षामा रुचि राख्ने गाउ“घरमा पुरोहित काम गर्ने व्यक्तिहरु भारतका विभिन्न स्थानमा गई संस्कृत अध्ययन गरी आउने गरेको पाइन्छ । भारत वा नेपालकै केही स्थानवाट संस्कृतको शिक्षा लिइ आउने व्यक्तिहरु मध्ये कसै कसैले घर, पाली, पाटी पौवा, धर्मशाला वा देवालयहरुमा केही समय संस्कृत भाषाको शिक्षा दिएको इतिहास पाइन्छ । यही क्रममा भारतवाट आउनु भएका स्वामी सोमेश्वरानन्दले फिक्कल करफोक र पशुपतिनगरमा संस्कृत शिक्षालय संचालन गर्नु भई पछि आधुनिक शिक्षाको प्रभाव परी त्यसलाई आधुनिक शिक्षाको पठनपाठनमा निरन्तरता दिई हाल करफोक उ.मा.वि. र फिक्कल उ.मा.वि.को रुपमा विकसित भएको इतिहास पाइन्छ । विं.सं. १९७० को आसपासमा स्वर्गद्वारी प्युठानवाट आउनु भएका स्वामी श्री कपिलानन्द महाप्रभुले संस्कृत पाठ्शाला र आश्रम संचालन गर्ने उद्देश्यले हालको माईपोखरी सत्यधुनी भएको यज्ञकुण्डमा कोटी होम गर्नु भएको र केही दिन पछि विघ्न परी अधुरो अवस्थामा नै छोडेर जानु भएको भन्ने जनश्रुति छ । रानीपोखरी संस्कृत पाठशालावाट संस्कृत वाङ्मयको शिक्षा लिई सरकारी स्तरवाट नियुक्ति पाई आउनु भएको श्री रामहरी शर्मा घिमिरे (कान्छा गुरु) ले जनभवनको अगाडि चियावारी को थुंकोमा रहेको हाल जिल्ला प्रशासन कार्यालयले आवाशको रुपमा प्रयोग गरेको भवनमा संस्कृत पाठशाला संञ्चालन गर्नु भै सो पाठशाला पछि श्री आदर्श उ.मा.वि.मा गाभिएको इतिहास छ । २००९ सालमा इलामका संस्कृत शिक्षा प्रेमीहरुले चुरेघाटीमा केही दिन संस्कृत पाठशाला संचालन गरेको भन्ने छ । आध्यात्मिक शिक्षा र ज्ञानको उच्च अवस्थामा पुग्नु भएका वालागुरुको प्रभावले नया“बजारमा हालको अमरकल्याण उ.मा.वि.विकास भएको इतिहास छ । संस्कृत शिक्षामा रुचिराख्ने वा आर्थिक अवस्था कमजोर भई आधुनिक शिक्षा लिन नसक्ने कतिपय व्यक्तिहरुले नेपालको अन्यत्र सुविधा भएको स्थान र भारतका विभिन्न स्थानमा गई संस्कृतको शिक्षा लिई कर्मकाण्ड, पुरोहित, पुजारी अध्यापन र अन्य सरकारी पेशामा समेत कामकाज गरेको पाइन्छ । वि.सं. २०४५ साल फाल्गुण महिनामा काठमाडौं चोभारवाट आउनु भएकी तपस्वी माता श्री ल्हासाहाङमाबाट माईपोखरीमा स्वामी श्री कपिलानन्द महा प्रभुले थालनी गरेको अधुरो यज्ञ पुरा गरी आश्रम स्थापना गरी माताज्यूको संलग्नता र वहा“को प्रेरणावाट वहा“का भक्तहरुको समेत सक्रीयतामा २०४६ साल माघ १८ गते संस्कृत पाठशालाको सुरुवात गरी अहिले माईपोखरी संस्कृत मा.वि.को नामवाट साधारण मा.वि.को पठनपाठन संचालन भईरहेको 
छ । २०५० सालदेखि आश्रममा माईपोखरी संस्कृत पाठशाला गुरुकुलको रुपमा संचालन भई रहेको छ । 
मानव जातिको मार्ग दर्शन र विश्वकल्याणका लागि हाम्रा श्रद्धेय ऋषि महर्षिहरुले धरोहरका रुपमा छोडेर जानु भएका संस्कृत वाङ्मयका अमूल्य ग्रन्थहरुको महत्वलाई दृष्टिगत गरी भौतिक उन्नतिको चरम अवस्थामा पुगेका कतिपय पश्चिमा मुलुकका शिक्षालय तथा विश्वविद्यालयहरुमा अहिले यी ग्रन्थहरुको अध्ययन अध्यापन र अनुशीलन भइरहेको छ भने यसको उद्गमस्थल मानिएको स्थानमा भने आधुनिक शिक्षाको वड्दो प्रभाव र यी ग्रन्थहरुको साङ्गोेपाङ्ग अध्ययन अध्यापन अनुशिलनको अभाव तथा अन्य विभिन्न कारणले इतिहासको कालखण्डमा कतिपय महत्वपूर्ण ग्रन्थहरु लोप भइसके भने कतिपय लोप हुने अवस्थामा छन् । याी सवै पृष्टभूमिको आधारमा हाम्रो वैदिक सनातन धर्म, संस्कृति, संस्कार, परम्परा, पूर्वीय दर्शन तथा संस्कृत वाङ्मयको संरक्षण संवद्र्धन र पुनर्जागरणका लागि २०६५ साल श्रावण ११ गते सनातन धर्मसेवा समिति जिल्ला शाखाको भवनमा आयोजना गरिएको यस प्रति श्रद्धाआस्था राख्ने सरोकारवाला, वुद्धिजिवी महानुभावहरु समेतको भेलाले संस्कृत वाङ्मय तर्फको शिक्षाका लागि इ.न.पा. अन्तर्गत एक गुरुकुल शिक्षालय संचालन गर्ने निर्णय गरी एक समितिको गठन गरियो । सोही समितिको अग्रसरता र पहल कदमीमा संस्थाको विधान तयार गरी संस्था दर्ता गराई सम्बन्धित निकायवाट निजी स्रोतमा सञ्चालन गर्ने अनुमति प्राप्त गरी श्री सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्र तथा श्री सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम माईथान धार्मिक समितिले उपलब्ध गराएको मन्दिर परिसर भित्रको पुरानो भवन मर्मत संभार गराई सोही भवनमा २०६५ साल माघ १८ गते औपचारिकरुपमा उद्घाटन गरी औपचारिक संस्कृत शिक्षा तर्फको कक्षा छदेखि र अनौपचारिक तर्फ साप्ताहिकरुपमा ज्योतिष, कर्मकाण्ड, दर्शन र संस्कृत भाषाको पठनपाठन भइरहेको छ । यो गुरुकुल विद्याश्रममा क्रमशः वेद, वेदाङ्ग, साहित्य, दर्शन, पुराण जस्ता संस्कृत वाङ्मयका सवै विषयहरु औपचारिक र अनौपचारिकरुपमा प्रारम्भिक तहदेखि उच्चतहसम्म अध्ययन, अध्यापन, अनुसन्धान र अनुशीलन गर्ने÷गराउने उद्देश्य लिइएको हुदा सवैको सहभागिता र सहयोगमा व्यवस्थित रुपले दीर्घकालीन सञ्चालनमा मार्ग दर्शनका लागि निम्न अनुसारको रणनैतिक योजना तर्जुमा गरिएको छ । 
 
१. दूरदृष्टि ९ख्क्ष्क्ष्यल०स् राष्ट्रिय एवं विश्ववन्धुत्वको भावनाले ओतप्रोत, सत्यनिष्ठ, चिन्तनशील, सुसंस्कृत, समृद्ध तथा समतामूलक समाज ।
 
२. ध्येय ९ःष्कष्यल०स् विद्यमान क्षमता र स्रोतको समुचित परिचालन गर्दै संस्कृत वाङ्मयको अनुशीलनका माध्यमले राष्ट्रिय एवं विश्ववन्धुत्वको भावनाले ओतप्रोत, सत्यनिष्ट, चिन्तनशील, सुसंस्कृत, समृद्ध तथा समता मूलक समाजको निर्माणमा योगदान पुर्याउने । 
 
३. लक्ष्य ९न्यब०िस् अनादिकाल देखि चलिआएको वैदिक सनातन संस्कृति तथा संस्कारको  पुर्नजगरणार्थ संस्कृत वाङ्मयको अनुशीलनका लागि उपयुक्त वातावरण सृजना गर्ने । 
 
 
४. उदेश्य ९इदवभअतष्खभ०स् 
१) संस्कृत वाङ्मयको औपचारिक तथा अनौपचारिक अध्ययन अध्यापनको व्यवस्था गर्ने । 
२) अध्यात्मज्ञानको  अनुशीलनका लागि आवश्यक व्यवस्था गर्ने ।
 
५. रणनीति ९क्तचबतभनथ०स् 
१) सहभागिता मूलक– 
वैदिक सनातन संस्कृति र परम्परा मान्दै आएका, यसैमा आधारित पेशा र व्यवसायमा संलग्न भएका तथा यस प्रति श्रद्धा र आस्था राख्ने सवै व्यक्ति, वुद्धिजिवी र नागरिक समाजको सहभागितामा कार्य संचालन गर्ने ।
२) साझेदारी–
स्थानीय निकाय, सरकारी तथा गैर सरकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था स“ग साझेदारी गरी कार्य सञ्चालन गर्ने । 
३) समावेशी– 
यस संस्थाको विधानको आधारमा समाजमा रहेका सवै वर्ग, लिङ्ग, धर्म, संप्रदाय, जातजाति तथा समूहका व्यक्तिहरुलाई विना भेदभाव समान अवसर प्राप्त हुने गरी कार्य सञ्चालन गर्ने । 
४) सेवा मूलक– 
यस संस्थावाट हुने सवै कार्यहरु मुनाफा रहित हुने हुदा सेवा मूलक हुने छन् । 
५) दिगो प्रकृतिको– 
यो संस्था निश्चित अवधिको नभई अनन्तकालसम्म संचालन हुने प्रकृतिको भएको हँुदा यसबाट हुने गरिने संपूर्ण कार्यहरु दिगो प्रकृतिका हुने छन् । 
 
वर्तमान अवस्था
१. भौतिक अवस्थाः
केन्द्र, विद्याश्रम तथा भविष्यमा  सञ्चालन हुने अन्य इकाईहरु यसको अभिन्न भएता पनि यिनीहरुमा सञ्चालन हुने औपचारिक तथा अनौपचारिक शैक्षिक कार्यक्रमहरु केन्द्रद्वारा नै सञ्चालित भएको मानिने हुदा यसमा रहेको हाल सम्मको हक भोगमा आउन सक्ने निम्न अनुसारको भौतिक सम्पत्ती केन्द्रको मानिएको छ भने यसको उपयोग आवश्यकता अनुसार सवै तिर समानरुपले गरिएको तथा गरिने छ । 
 
क) जग्गाः
केन्द्र तथा विद्याश्रमको दीर्घकालिन स्थायित्व र व्यवस्थित रुपले सुसञ्चालनको लागि यसको स्थापना कालदेखि हालसम्मको सवै महानुभावहरुको सद्प्रयास र सहयोगवाट प्रथमचरणमा वरबोटे गा.वि.स. वडा नं. १ तोरीबारीमा रजिष्ट्रेशन पास सहित रु                            मा १६–११–१–१ रोपनी जमिन खरीद भएको छ । आगामी शै.स. २०६८ देखि यसै जग्गामा केन्द्र तथा विद्याश्रम संचालन हुनेछ । 
 
ख) भवन नं. १ः
माइस्थान धार्मिक समितिले इ.न.पा.वार्ड नं. २ माइस्थान मन्दिर परिस भित्र उपलब्त्र गराएको ३ तले पुरानो जीर्ण भवन मर्मत संभार गरी जम्मा ५ कोठा वनाको छ । यो अहिले छात्रावास र भोजनालयको कार्यमा प्रयोग गरिएको छ । 
 
भवन नं. २ः 
वरवोटे गा.वि.स. वडा नं. १ तोरीबारीमा खरीद भएको जग्गामा रहेको ३ तले छ कोठे भवन –१ । यसको आगामी शै.स. २०६८ देखि आवाश तथा कक्षा कोठाको रुपमा प्रयोग गरिने छ । 
 
ग. शौचालयः
माईस्थान मन्दिर परिसर भित्र केन्द्रद्वारा निर्माण भएको १ र खरीद भएको जग्गामा १ गरी २ पक्की शौचालय भएको 
 
घ. खानेपानीः
माइस्थान मन्दिर परिसर भित्र र खरीद भएको जग्गा दुवै स्थानमा खानेपानीको व्यवस्था भएको ।
 
ङ. फर्निचरः
१. कक्षा कोठाको लागि– डेस्क वेंच १६ जोडी, टेवल २ जोडी, कुर्सी २
२. कार्यालयको लागि– टेवल १, कुर्सी १०, लामो टेवल वेंच १ जोडी, दराज–२
३. आवाशका लागिः खाट ११ वटा, दराज १, आल्ना २, र्याक २
 
च. शैक्षिक सामाग्री ः– कालोपाटी ३, सेतो पाटी १, सन्दर्भ पुस्तकहरु ।
 
छ. आवाशका अन्य सामाग्री ः– ओड्ने ओछ्याउने २ सेट, भा“डा वर्तन,
ग्यास चुलो १, शिलिण्डर कोशी– २ थान
 
२. शैक्षिक अवस्थाः
क) औपचारिक
१. नि.मा.वि.तहको कक्षा ६ र ७ निजी स्रोतमा संचालन गर्ने अनुमाति प्राप्त गरी हाल इ.न.पा. वडा नं. २ माईस्थान मन्दिर परिसर भित्र सञ्चालन भएको छ भने आगामी शै.स. २०६८ देखि वरवोटे गा.वि.स. वडा नं. १ तोरीबारीमा खरीद भएको जग्गामा कक्षा ६, ७ र ८ संचालन हुनेछ । 
२. विषय शिक्षकः पूर्णकालिन शिक्षक २, आंशिक शिक्षक ३ जना छन् । पूर्णकालिन २ मध्ये १ नि.मा.वि. तृतीय श्रेणीको दरबन्दी जि.शि.कार्यालयवाट उपलब्ध भएको छ । 
३. पढाइ भएका विषयहरुः नेपाली, गणीत, सामाजिक, जनसंख्या तथा वातावरण, संस्कृत व्याकरण, संस्कृत भाषा, नैतिक शिक्षा, ज्योतिष, अंग्रेजी
४. विद्यार्थी संख्याः कक्षा ६– १३ जना, कक्षा ७– ७ जना गरी जम्मा २० जना
५. आवाश तर्फः यो वर्ष आवशमा १ जना गुरु सहित १३ जना विद्यार्थीहरु वस्ने गरेका छन् । १ जना गुरुको १०० प्रतिशत र १३ जना विद्यार्थीहरुको ५० प्रतिशत भोजनको खर्च मुष्टिदानवाट उठेको रकम र नपुग केन्द्रद्धारा बेहोरिएको छ भने महिला जागरण संघवाट २०६७ असोजदेखि मुष्टिदान बापत चामल उपलब्ध हुदै आएको छ । 
 
३. आर्थिक अवस्थाः
 
१. जिल्ला शिक्षा कार्यालयवाट–
क) नि.मा.तह तृतीय श्रेणीको १ दरबन्दी त.म. अनुदान– प्रति महिनारु १२०६०।–
ख) अन्य– पि.सि.एफ. अनुदान (नन सेलरी)– ६०,५७८।– पाठ्यपुस्तक– ४७१९।–
धार्मीक विद्यालय अनुदान– ५०,०००।–
२.  जिल्ला विकास समितिवाट अनुदान– १,००,०००।–
३. मुष्टिदान– २६,०००।–
४. सा.सा.शुल्क– २६,०००।–
५. आजीवन सदस्य–
६. अक्षय कोष– ५६७११।–
७. जग्गा खरिद–
८. अन्य–
९. मुद्दती– ७५,०००।– (आजीवन सदस्यवाट उठेको रकम)
 
ख. अनौपचारिक शिक्षा
यस केन्द्रको स्थापना कालदेखि नै अनैपचारिक शिक्षा तर्फ छुट्टै प्राचार्यको व्यवस्था गरी जिज्ञासुहरुको चाहनाअनुसारका विषयहरुको विषय बिशेषज्ञद्वारा निर्धारित पाठ्यक्रम अनुसार अध्ययन अध्यापन गराउने लक्ष्य लिएको भएता पनि यसको निजी जग्गा भौतिक संरचना र आर्थिक अवस्था कमजोर भएको कारणले समुचित व्यवस्था हुन सकेको छैन । तथापि ज्योतिष विषयको हप्तामा एक पटक (श्री चेवन प्रसाद दुलाल वाट) नियमितरुपले कक्षा सञ्चालन भई रहेको छ । अन्य विषयहरु कर्मकाण्ड, संस्कृत भाषा, दर्शनका कक्षा आशिंकरुपले सञ्चालन भएका छन् । आवाशमा रहेका विद्यार्थीहरुलाई नित्यकर्म र कर्मकाण्डको विषयमा पनि विहानको समयमा अध्ययापन गराउदै गरिएको छ । आगामी शै.स. २०६८ देखि यसको निजी जग्गाको व्यवस्था भएको र आर्थिक अवस्था सवल वनाई क्रमश अनौपचारिक शिक्षा तर्फ पनि लक्ष्य अनुसार कक्षाहरु अन्य क्रियाकलाप व्यवस्थितरुपले संचालन गरिदै लगिने छ । 
 
भावी कार्यक्रमः
यस संस्थाको दूरदृष्टि, ध्येय, लक्ष्य र उदेश्य परिपूर्तिका लागि अपनाइने उल्लेखित रणनीति अनुसार कार्यक्रम निम्न अनुसारका हुने छन् । 
 
१) अल्पकालीन– २०६७–२०७१ सम्म ५ वर्षे
 
२) दीर्घकालीन– २०६७–२०८७ सम्म २० वर्षे
 
 
 
 
 
 
अल्पकालीन ः २०६७–२०७१ सम्म ५ बर्षे
 
नं.
आयोजनाको नाम
भौतिक
लक्ष्य
अवधि २०६७–०७१ जिम्मेवारी 
व्यक्ति लागत रकम हजारमा) कैफियत
०६७ ०६८ ०६९ ०७० ०७१
जग्गा खरिद १० रोपनी अध्यक्ष ३५,००।–
औपचारिक शिक्षा तर्फ
क. भौतिक संरचना
१ं विद्यालय भवन निर्माण ३ वटा ४ कोठे ३०००।–
२.छात्रवास भवन निर्माण १ वटा ४ कोठे १०००।–
३.शिक्षक अवास भवन निर्माण १ वटा ४ कोठे १०००।–
४.कार्यालय भवन निर्माण १ वटा २ कोठे ६००।–
५. डेस्क बेंच निर्माण ५० जोडी १० १० १० १० १० १००।–
६. टेवल १० थान २०।–
७. कूर्सी ३० थान ५०।–
८. दराज ५ थान १००।–
९.वोर्ड १० थान १५।–
ख. कम्प्यूटर २ थान २,००।–
ग. कक्षा सञ्चालन
१. प्रा.वि. १–४
२.नि.मा. ६–८
३ मा.वि. ९–१० १०
घ. विद्यार्थी संख्या
१. प्रा.वि. प्रति कक्षा ३० जना
२. नि.मा. प्रति कक्षा ३० जना
३. मा.वि. प्रति कक्षा ३० जना
ङ विषय शिक्षक
१) पूर्ण कालिन
क. प्रा.वि. २ जना २३४ प्रति वर्ष
ख. नि.मा. ३ जना ४६८ प्रति वर्ष
ग. मा.वि. ४ जना ७८० प्रति वर्ष
२.अल्पकालिन ५ जना ४२० प्रति वर्ष
 
अल्पकालीन ः २०६७–२०७१ ५ बर्षे
 
नं.
आयोजनाको नाम
भौतिक
लक्ष्य
अवधि २०६७–०७१ जिम्मेवारी 
व्यक्ति लागत रकम
 (हजारमा) कैफियतत
६७ ६८ ६९ ७० ७१
क. छात्रावास व्यवस्था
१ आवाशीय विद्यार्थी ५० जना १३ २५ ३५ ४० ५०
२ शिक्षक १ जना
३ भोजनको सुविधा ५० जना १३ २५ ३५ ४० ५० ५००
४ फर्निचर खाट ५० थान १३ १२ १० १० १००
५. अन्य १००
अनौपचारिक शिक्षा तर्फ
क. प्राचार्य १ जना २६० प्रतिवर्ष
ख. पाठ्यक्रम निर्माण सवै विषयको ५०
ग. अध्यापन गराउने विषय ज्योतिष, व्याकरण, दर्शन, संस्कृत भाषा, कर्मकाण्ड, योग, आर्यूवेद, वेद
घ. कक्षा निर्धारण
१ प्रारम्भिक
२ पूर्वमध्यमा
ङ. विषयगत शिक्षक
च.आवाशीय विद्यार्थी २० जना १० १५ २०
छ. अन्य जिज्ञासु १३० जना २० ३० ८० १०० १३०
ज. भौतिक संरचना
१. कक्षा संचालन भवन निर्माण १ भवन ४ कोठे १०,००।–
२ छात्रावास भवन निर्माण १ भवन ४ कोठे १०००।–
३ यज्ञशाला ३००।–
४.मन्दिर १,०००।–
५. योग साधना केन्द्र ५००।–
६. सभाकक्ष ३००।–
 
 
 
नं.
आयोजनाको नाम
भौतिक
लक्ष्य
अवधि २०६७–०७१ जिम्मेवारी 
व्यक्ति लागत रकम
 (हजारमा) कैफियतत
६७ ६८ ६९ ७० ७१
पुस्तकालय भवन २०००।– १०,०००।–
क. फर्निचर ३० थान ७५।– ७५।–
ख. दराज ५ थान १२५।– १२५।–
ग. पुस्तक संख्या ५०० १५० ५० ५० १५० १०० ५०।–
 
 
दीर्घकालीन– २०६७–२०८७ सम्म २० वर्षे
 
नं.
आयोजनाको नाम
भौतिक
लक्ष्य
अवधि २०६७–०७१ जिम्मेवारी 
व्यक्ति लागत रकम
 (हजारमा) कैफियतत
जग्गा खरिद ४० रोपनी अध्यक्ष १४०००।–
औपचारिक शिक्षा तर्फ
क. भौतिक संरचना
१ं विद्यालय भवन निर्माण ७ वटामा २० कोठा ५४००।–
२.छात्रवास भवन निर्माण २ वटामा ८ कोठा २०००।–
३.शिक्षक अवास भवन निर्माण ३ ओटामा १० कोठा २६००।–
४.कार्यालय भवन निर्माण २ वटामा ४ कोठा २०००।–
५.समिक्षा भवन निर्माण ३,००।–
६. प्रयोगशाला ५,००।–
७ अनुसन्धान तथा सोध कक्ष
५. डेस्क बेंच २०० सेट ५,००।–
६. टेवल ३० ७५।–
७. कूर्सी २०० ३,००।–
८. दराज २५ ५,५०।–
९.वोर्ड २५ ५०।–
१३. कम्प्यूटर १० थान २,५००।–
ख. कक्षा सञ्चालन
१. प्रा.वि. १–५
२.नि.मा. ६–८
३ मा.वि. ९–१०
४ उ.मा.वि. ११–१२
५. महाविद्यालय शा.१३–१५
ग. विषय शिक्षक
 १ पूर्णकालिन
क. प्रा.वि. ५८५।– प्रति वर्ष
ख नि.मा. ६२४।–